२८ असार २०८३, आइतबार

४ महिनापछि मधेश प्रदेश सभाको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । करिब चार महिनापछि आज (मंगलबार) मधेश प्रदेश सभाको बैठक बस्न लागेको छ । बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ ।

आजबाट प्रदेश सभाको चौथो अधिवेशन सुरु हुन लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो ।

आज बस्ने बैठकमा प्राकृतिक स्रोत र साधन समितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै, विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको छ ।

लामो समयदेखि प्रदेश सभा बैठक नबसेपछि जनता समाजवादी पार्टी नेपाललगायत अन्य पार्टीहरुले अहिलेको प्रदेश सरकार असफल भएको र कुनै काम गर्न नसेको भन्दै विरोध जनाउँदै आएको थियो ।