१७ असार २०८३, बुधबार

हेटौंडामा बाघ आतंक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २१ पुस । दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौंडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ ।

शनिबार राति स्थानीयहरुले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् । हेटौंडा १२ का स्थानीय कुमार पोखरेलले हेटौंडा १२ र १३ को सिमाना बीचरोडमा बाघ देखिएको र बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका मानिसहरु बाघको आतंकबाट त्रसित भएका छन् ।

स्थानीयहरुले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।