३१ असार २०८३, बुधबार

रास्वपाको केन्द्रीय समिति बैठकमा के-के छलफल भयो ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रास्वपाका केन्द्रीय सदस्य राजन गौतम

काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ दिने काम सम्पन्न भएको छ ।

आज बसेको बैठकमा समसामयिक राजनीतिक विषय र स्थानीय तह उपनिर्वाचनमा भएका कमी कमजोरीहरुसहित आत्मालोचना र आत्मसमीक्षा गर्ने काम भएको रास्वपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा बृहत छलफल गरेका छौँ । विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ दिने काम भयो । मंसिर १६ मा सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा भएका हाम्रा कमी कमजोरीहरुसहित आत्मालोचना र आत्मसमीक्षासहित अगामी दिनमा पार्टीलाई कसरी बलियो बनाउने र जनता माझ कसरी जाने भन्ने विषयमा छलफल भयो ।’

यस्तै, संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल भएको उनको भनाई छ ।