
काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिनेलगायतका अजेन्डा रहेको थियो ।
भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेबाट सुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भएपछि बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ ।
स्थानीय तहको उपनिवार्चन परिणामबाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लड्ने घोषणा गरिसकेको छ ।








प्रतिक्रिया