
काठमाडौं, २० पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् ।
संसद्को त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।
नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।
बेलायतको संसद् भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने कोइराला पहिलो नेपाली नेता हुन् ।












प्रतिक्रिया