काठमाडौं, २० असार । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा समेत मधेसको माग नसमेटिए काठमाडौलाई नाकाबन्दी गर्ने गरी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कारमा उहाँले आफूहरुले संविधानसभा र काठमाडौ छाड्ने निर्णय गरेर अरु दलहरुलाई पनि प्रस्ताव राखिसकेको जानकारी दिदै अब हुने मधेस आन्दोलन नेपालको ईतिहासमा कहिल्यै नभएको आन्दोलन हुने ठोकुवा गर्नुभयो ।
साक्षात्कारमा महताले भन्नुभयो, ‘अन्तिम मस्यौदासम्म कुर्छौ । त्यसमा पनि हाम्रो भावना सम्बोधन भएन भने संविधानसभा त्यागेर काठमाडौंको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी काठमाडौको दानापानी बन्द हुने गरी नाकाबन्दी गर्छौ ।’
उहाँले आफूहरुको आन्दोलनमा भारत लगायत सारा दुनियाँको समर्थन रहने दावी गर्दै भारत विगतका सहमति र सम्झौता अनुसार संविधान बन्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउनुभयो ।
‘सारा दुनियाँको आग्रहमा भारतले मधेस आन्दोलनलाई सम्झौतामा टुङग्याउन मध्यस्थ गरेकोले सो सहमति अनुसार नभएपछि सम्झाउन भारतीय दूतावास गएका हौ। हामीलाई सम्झौतामा जानु पर्यो भनेर भारत आएको थियो । उनीहरु साक्षी किनारामा बसेका थिए। अहिले संघीयता र स्वायत्तता नदिने भनपछि हामीले के गर्ने ? उहाँले अगाडि थप्नुभयो ।
भारतीय राजदूत रेले आफूहरुको मध्यस्थमा भएको सम्झौत बारे जानकार रहेको र संविधानको मस्यौदा सहमति अनुसार नआएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहमतिमै संविधान जारी गर्न पटक पटक भनेको कुरा स्मरण गराउँदै भारत विगतका सहमति अनुसार संविधान जारी हुनु पर्नेमा स्पष्ट भएको बताउनुभयो ।
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड भारतीय दूतावास र दिल्ली जान हुने हामी भारतीय दुतावास जान नहुने ? उनको प्रश्न थियो ।












प्रतिक्रिया