२० कार्तिक २०८३, शुक्रबार

केपी ओलीको ‘चाकडी’ गरेकै हुन् त डिआईजी जोशीले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp oli-airportकाठमाडौं, २० असार । सामान्यतया पार्टी अध्यक्षको स्वागतका लागि प्रहरी इन्सपेक्टर खटाइने भए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा भने डिआइजी नै एयरपोर्टसम्म पुगेका छन् ।

आइतवार विहान विराटनगर पुगेका केपी ओलीको स्वागत गर्न क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधव जोशी एयरपोर्टसम्मै पुगेपछि उनको आलोचना हुन थालेको छ ।

Kp-oli-geepडिआइजी जोशी एयरपोर्टको धावनमार्गसम्मै पुगेका थिए । केपी झरेपछि स्यालुट ठोके र स्कटिङ गरे । डिआइजी जोशी ‘चाकडी’का लागि आफै एयरपोर्टसम्म पुगेको भन्दै प्रहरीका वरिष्ठ अधिकृतहरुले समेत आलोचना गरिरहेका छन् ।

उनी एयरपोर्टसम्म पुग्नु ‘चाकडी’ बाहेक अरु केही नभएको उनीहरु बताउँछन् । डिआइजी जोशीले भने सुरक्षाको हिसावले आफू खटिएको बताएका छन् । यसरी पार्टी अध्यक्षको स्वागतमा उपल्लो दर्जाको अधिकारी पुग्नलाई प्रोटोकल बिर्सिएको मानिन्छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुनका लागि अध्यक्ष ओली आज विहान करिब १० बजे विराटनगर विमानस्थलमा ओर्लिएका थिए । उनी मधेशी पहिरनमा बिराटनगर पुगेका थिए ।