
काठमाडौं, १ पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा र प्रतीक थापालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंको निर्णयविरूद्व बेचन झाले उच्च अदालतमा निवेदन दिएका थिए । आज उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेको हो ।
उनीहरूलाई गत भदौ २ गते थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।








प्रतिक्रिया