२० कार्तिक २०८३, शुक्रबार

‘एक-दुई दर्जनले विरोध गर्दैमा संविधान रोकिँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliविराटनगर, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिने उल्लेख गर्नुभयो ।

उहाँले संविधान बनेर नेपालको सङ्क्रमणकाल टुङ्गियोस् भन्ने अन्तर्राष्ट्रिय जगत्को पनि चाहना रहेको छ भन्दै ६०१ जना सभासद्मध्ये एक–दुई दर्जन सभासद्ले विरोध गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले संविधान निर्माणमा देखिएको सहमति दलहरुका लागि ऐतिहासिक सफलता भएकाले नयाँ संविधान जारी नभएसम्म दलहरुबीचको यो एकता कायमै रहनुपर्नेमा जोड दिनुभयो ।