
काठमाडौं, २६ मंसिर । सानोपाइला सहकारी ठगी प्रकरणको बयानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखरा फर्काइँदैछ ।
उनको हिजो दिनभर पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा बयान भएको थियो । उनलाई आज विमानमार्फत पर्साबाट काठमाडौं हुँदै पोखरा लगिनेछ ।
उनलाई दुई घण्टा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा राखेर दिउँसो साढे २ बजेको जहाजबाट पोखरा लगिने छ । रविलाई सोमबार पोखराबाट विमानमा काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो।












प्रतिक्रिया