
हेटौंडा, २१ मंसिर । निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-५ झाक्रीडाँडामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान भएको दुर्घटनामा चितवन घर भएका अन्दाजी ४२ वर्षीय सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बकैयाकै हात्तीसुँडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लोड गरी जाँदै गरेको ना८ख २४३० नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनमा टिपरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया