– सुमन घिमिरे
मोरङ, १९ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संबिधान विरोधी तत्वहरु समाप्त भएर जाने चेतावनी दिनुभएको छ ।
एमाले मोरङ जिल्ला पार्टी कार्यालय विराटनगरमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधान नबनोस भन्नेहरु यतिबेला कराउँदै हिडेको भन्दै मन्त्री पण्डितले गलत नियत राख्नेहरु अन्त्यमा समाप्त भएर जाने बताउनुभयो । उहाँले चाँडै संविधान घोषणा हुने र त्यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
संविधान निर्माणका क्रममा चित्त नबुझे फरक मत राखेर अघि बढ्न सक्ने अवस्था भएपनि त्यसो नगरी देशमा आगो लाउने, जनता मार्ने जस्ता काम गर्ने हो भने सह्य नुहने मन्त्री पण्डितले चेतावनी दिनुभयो । नयाँ बर्षको शुभारम्भ सँगै आएको महाविपत्तिले मुख्य दलहरुबीच एकताको भावनाको विकास गराएको भन्दै मन्त्री पण्डितले अहिले सवैको ध्यान पुर्ननिर्माण र पुनर्स्थापनासँगै संबिधान र स्थायी सरकार रहेको बताउनुभयो ।
यसका लागि लेनदेन सहितको १६ बुँदे सहमति भएको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य रहेका मन्त्री पण्डितले संविधान घोषणा भएसँगै एमालेको नेतृत्वमा सरकार बन्ने बताउनुभयो ।













प्रतिक्रिया