१९ कार्तिक २०८३, बिहिबार

संविधानसभा बैठकको अवरोध हट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC

काठमाडौँ, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको बैठकलाई अवरोध नगर्ने र संविधान लेखनलाई सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री सुशील कोइराला, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र राप्रपा नेपालका अध्यक्ष कमल थापाका बीचमा आज संविधानसभा भवन बानेश्वरमा भएको बैठकपछि सो पार्टीले अवरोध कार्यलाई फिर्ता लिएको हो ।

अध्यक्ष थापाले संविधानसभाको बैठकमा विधि र प्रक्रिया स्थापित होस् भन्नाका लागि आफ्नो पार्टीले शनिबारदेखि बैठक अवरोध गरेको र आफ्नो मागप्रति शीर्ष नेता सकारात्मक हुनुभएकाले अवरोध फिर्ता लिइएको जानकारी दिनुभयो । उहाँले धार्मिक स्वतन्त्रताको कुरा मस्यौदामा राख्दा ध्यान दिन आग्रह गर्नुभयो ।

यसअघि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रत्येक व्यक्तिलाई धार्मिक स्वतन्त्रता रहने मौलिक व्यवस्था गर्न निक्र्योल समिति हुँदै मस्यौदा समितिमा आएकाले सोहीअुनरुप मस्यौदामा समावेश गरिएको स्पष्ट पार्नुभएको थियो । उहाँले उक्त प्रावधानले धर्म परिवर्तनको हक दिने नभई बरु दण्डनीय हुने व्यवस्था गरेको बताउनुभयो ।

सभापति सिटौलाले मस्यौदामाथिको छलफललाई बिनाअवरोध अगाडि बढाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभयो । रासस