
काठमाडौं, १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल उद्घाटनसँगै शनिबार पुरस्कार राशिको घोषणा गरेको हो ।
यस्तै, क्यानले उपविजेता टोलीलाई ५० लाख, तेस्रो हुने टोलीलाई ३० लाख र चौथोलाई २० लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
पुस ६ गतेसम्म चल्ने एनपीएलमा आठ टोलीको सहभागिता रहेको छ ।
एनपीएल उद्घाटन खेलमा अहिले जनकपुर बोट्ल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको हो । जनकपुरले फिल्डिङ रोजेपछि विराटनगर पहिले ब्याटिङ गरिरहेको छ ।








प्रतिक्रिया