२३ कार्तिक २०८३, सोमबार

भ्रम र अराजकता फैलाउनेविरुद्ध लाग्न एमाले बागमती प्रचार विभागको निर्देशन

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) बागमती प्रचार विभागले अहिले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षडयन्त्र चिर्न त्यसका विरुद्धको प्रचारमा जुट्नुपर्ने निष्कर्ष निकालेको छ ।

एमाले बागमती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षतामा बसेको बैठकले पार्टी र सरकारविरुद्धको भ्रम चिर्न संगठित रूपमा प्रचारमा जुट्नुपर्ने निर्णय गरेको हो ।

पार्टीका विरुद्ध भइरहेका षडयन्त्रहरू चिर्न र मुलुकमा कानुनी शासन कायम राख्न प्रचार विभागका सदस्यहरूको ठूलो भूमिका रहेको निष्कर्ष निकाल्दै बैठकले अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्ने तत्वका विरुद्ध लाग्न निर्देशन दिएको छ ।

बैठकले पार्टी र नेतृत्व विरुद्धको भ्रम चिर्नकै लागि मंसिर ७ गते काठमाडौंमा जागरण सभा आयोजना गर्न लागिएकोले त्यसको सुव्यवस्थित प्रचार गर्न आग्रह गरेको छ । बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन प्रचारको काममा सक्रियतापूर्वक खट्न पनि निर्देशन गरेको छ ।

त्यस्तै, आगामी पुसको पहिलो साता बागमती प्रदेशमा प्रचार भेलाको आयोजना गर्ने निर्णय बैठकले गरेको प्रदेश प्रचार विभाग सचिव प्रेम दाहालले जानकारी दिए ।

पञ्चायती शासकद्वारा घटाइएको सिन्धुपाल्चोकस्थित पिस्कर हत्या काण्डका विषयमा श्रव्य दृश्य सामाग्री निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।