१२ श्रावण २०८३, मंगलबार

रूपन्देही सुपरलिगः बुटवल युथमाथि नेपथ्य ज्ञानोदयको सानदार जित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, मंसिर २ । लक्ष्मण खत्रीले ५ विकेट र भुवन गैरेले विष्फोटक ब्याटिङ गर्दै अविजित ९९ रन बनाएपछि रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’को आइतबारको खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले सानदार जित निकालेको छ ।

नेपथ्यले बुटवल युथ क्लबलाई १० विकेटले पराजित गर्दै जित हात पारेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएकाले खेलमा जितका लागि पाएको १ सय ४२ रनको लक्ष्य नेपथ्यले विना क्षति सहजै पूरा गर्‍यो । उसले मौसमका कारण ४० ओभरमा छोट्याइएको खेलमा १६ ओभरमा १ सय ४६ रन बनाउँदै जित निकाल्यो ।

बलिङमा बुटवल युथका कुनै पनि खेलाडीको राम्रो प्रदर्शन भएन र विकेट लिन सकेनन् ।

नेपथ्यको जितमा भुवनले ९९ रन बनाउँदा कुशल ढकालले नटआउट २१ रनको योगदान गरे । नेपथ्यले २६ रन अतिरिक्त नै पायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल युथले २५ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेपथ्यका लक्ष्मण खत्रीले ७.४ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिँदा युवराज सेनले ३ र सन्तोष क्षेत्रीले २ विकेट लिन सफल भए ।

बुटवल युथका निरज भण्डारीले अविजित ८१ र सोनु मल्लाहले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित भयो । खेलमा लक्ष्मण खत्री प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुई चरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिगपछि आयोजना हुनेछ ।