३ श्रावण २०८३, आइतबार

इटाली नेसन्स लिगको क्वाटरफाइनलमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । इटाली युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको लिग वान ग्रुप २ को खेलमा इटालीले बेल्जियममाथि १–० गोलको जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

खेलको ११औं मिनेटमा इटालीले निर्णायक गोल गरेको थियो । उसका लागि सान्ड्रो टोनालीले गोल गर्दै क्वाटरफाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । टोनालीको पहिलो अन्तर्राष्ट्रिय गोल पनि रहेको छ ।

खेलको सुरुमै जियोभानी डि लोरेन्जो र निकोलो बारेलाको तालमेलमा बेल्जियमको डिफेन्स कमजोर बन्दा टोनालीले राष्ट्रिय टिमका लागि पहिलो गोल गर्न सफल भएका थिए ।

युईएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक रहेको छ ।

बेल्जियमले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले विफल बनाएका थिए ।

यही समूहमा रहेको फ्रान्स र इजरायलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै फ्रान्स पनि १० अंकका साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

अब अन्तिम खेलमा फ्रान्स र इटाली आमने सामने हुने छन् । यस खेलको नतिजाले क्वाटरफाइनल पुग्ने दुवै टिमलाई बाधा पर्ने छैन ।