३१ आश्विन २०८३, शनिबार

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेपाली महिला क्रिकेट टोली पहिलो पटक यू-१९ विश्वकपमा छनोट भएको छ ।

एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो ।

पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् ।

बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २/२, र रचनाकुमारी चौधरीले एक विकेट लिएकी थिइन् ।

नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् ।

नेपालले १५औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा खेल्ने छ ।