१८ कार्तिक २०८३, बुधबार

निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दावी गर्ने अर्याल पक्राउ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कार्ति । निर्मला पन्त हत्या घटना प्रत्यक्ष देखेको दावी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले आज नवराज अर्याललाई पक्राउ गरेको हो । उनले प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता  दिँदै उनले आफूले घटना देखेको र घटनामा संलग्न तीनजनाको नाम भन्न सक्ने दावी गरेका थिए ।

सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेका थिए। बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।