
काठमाडौं, २८ कार्तिक । आफूले निर्मला पन्त घटना प्रत्यक्ष देखेको दावी गर्दै मिडियामा आएका व्यक्तिसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।
नवराज अर्याल नामक व्यक्तिले प्राइम टाइम टेलिभिजनमा अन्र्तवार्ता दिँदै आफूले घटना प्रत्यक्ष देखेको र घटनामा तीनजना संलग्न रहेको दावी गरेका थिए । अन्र्तवार्ता सार्वजनिक भएसँगै सीआईबीले उनलाई हिजो दिनभर सोधपुछ गरेको हो ।
सोधपुछका क्रममा अर्यालका कुरा विश्वास गर्न लायक नरहेका प्रहरीले बताएको छ । प्रहरीले उनको मानसिक अवस्था ठिक नभएको अनुमान गरेको हो । अर्यालले सोधपुछका क्रममा घटनामा संलग्न रहेका दावी गरेका तीनजनाको नाम पनि लिएका थिए । तर सीआईबीले उनले नाम दिएका व्यक्ति असम्बन्धित रहेका बताएको छ ।
सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले भने, ‘उनले घटनासँग असम्बन्धित व्यक्तिहरूको नाम लिएका छन् । गाडीमा हिँडेको बेला देखेको भन्छन् । तर, घटनाको प्रकृतिसँग उनको बयान मेल खाँदैन । त्यसैले हामीले उनको बयानलाई गम्भीरतापूर्वक लिन सकेनौँ । मैले ऋषि धमलाजीलाई पनि फोन गरेर यस्ता हावादारी कुरा गरेर भ्रम नफैलाउन भनेको छु । उहाँले एडिट गर्छु भन्नुभएको छ ।’












प्रतिक्रिया