३१ आश्विन २०८३, शनिबार

यू-१९ महिला विश्वकप छनोटमा आज नेपाल र थाइल्याण्ड भिड्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । युएईमा जारी आइसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ ।

नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा ३ बजे बजे सुरु हुने छ ।

गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । त्यस खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । त्यस खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

यसैगरी, शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग १३ रनले पराजित भएको छ ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ ।