५ श्रावण २०८३, मंगलबार

सुदूरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरे ।

मानव संशाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जब पछिल्लो एक दशकदेखि आम जनमानसमा आफ्नो सेवा पुर्‍याउँदै आएको छ । नेपाली क्रिकेटले नयाँ फड्को लिएको समयमा कुमारी जबले सुदूरपश्चिम टोलीमार्फत आफ्नो उपस्थितिका साथ सहकार्य गर्न लागेको हो ।

रोयल्सका सिइओ प्रकाश खड्काले यस कदमको स्वागत गर्दै नेपाली क्रिकेटमा लामो समयदेखि साझेदारी गर्दै आएको कुमारी जबसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ‘कुमारी जब र नेपाली क्रिकेटको नाता निकै पुरानो छ । उहाँहरुले आफ्नो क्रिकेटप्रतिको लगावलाई निरन्तरता दिने निर्णय लिनुभएको छ । यसपटक नेपाली क्रिकेटको महोत्सवको रुपमा रहेको एनपीएलमा सहकार्य गर्न पाउँदा निकै खुसी छौँ,’ खड्काले भने ।

कुमारी जबका प्रबन्ध निर्देशक भण्डारीले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको र नेपालमै पहिलो पटक हुन लागेको एनपीएलमा करिअर पार्टनरको रुपमा सहमति गर्न पाउँदा खुसी लागेको बताए । ‘हामी सबै मिलेर देशमा क्रिकेटको विकास गर्नका निमित्त आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ । क्रिकेट खेल मात्र नभएर अब आउने युवाहरुको लागि करिअर पनि हुन सक्छ,’ भण्डारीले भने ।

रोयल्सले विदेशी खेलाडीमा न्युजिल्याण्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्तफा, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ ।

त्यस्तै, अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन् ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ । रोयल्सले कात्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदूरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ ।

आइकोनिक खेलाडी रोयल्सको एनपीएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नेछन् । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपीएल सुरु हुनेछ ।