११ श्रावण २०८३, सोमबार

कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री राई

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ कात्तिक । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिइएको छ ।

आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९)मा पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १०औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।