१३ असार २०८३, शनिबार

अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १९ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ढुङ्गे देउरालीमा आइतबार साँझ भारतीय नम्बर प्लेट एचआर ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।