
काठमाडौं, १५ कार्तिक । हूम्लाका सम्पूर्ण राजनीतिक दलहरूले बुझाएका विकाससँग सम्बन्धित विषयहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जिल्लाको विकाससँग सम्बन्धित मुख्य विषयहरू प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
जिल्लावासीहरूले खार्पुनाथमा बेलिब्रिज जड़ान गरेर जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग तत्काल जोड्नु पर्ने, लिमी भ्याली, लाप्चा पदमार्ग र हिल्सामा फोरजी नेटवर्क सञ्चालन गर्नु पर्ने र हुम्ली समुदायलाई आदिवासी(जनजाति सूचीमा सूचीकृत गर्नुपर्ने लगायत मागहरू राखेका उपमहासचिव ज्ञवालीले जानकारी दिएका छन् ।
यी विषयहरू प्रधानमन्त्रीले तत्काल सम्बोधन गर्न सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिएका उहाँले बताउनुभयो । साथै, बाजुरावासीहरूले राखेका बुढीगङ्गाबाट बुढीनन्दा नदीमा बेलिब्रिज स्थानान्तरित गर्नुपर्ने मागबारेमा पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको उनले बताए ।












प्रतिक्रिया