२९ असार २०८३, सोमबार

नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको लाइन (तस्वीरहरु)

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लाइन लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ३ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो ।

एक जनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । सुरुमा टिकेट बिक्रीका लागि नीजि कम्पनीसँग सम्झौता गरेको एन्फाले पछि आफै टिकट बिक्री गर्न थालेको हो ।

उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने छन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

सन् २०१० मा बंगलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपाल बंगलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजिमा छ ।

फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन