१९ कार्तिक २०८३, बिहिबार

FLASH NEWS: एकाबिहानै भूकम्पको धक्का, उपत्यका पनि हल्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquake

काठमाडौँ, १७ असार । नेपालमा बिहीबार एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान ७ बजेर ४१ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दैनिक नेपाललाई जानकारी दिनुभयो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म पनि महसुस गरिएको थियो ।

यसअघि आज बिहान ५ बजेर २६ मिनेटमा काभ्रेलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।