
काठमाडौं, ८ कार्तिक । पोखरामा रास्वपा कार्यकर्ताको आन्दोलन थप चर्किएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई अदालतले थप सात दिन थुनामा राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ताले आन्दोलन चर्काएका हुन् ।
यसैबीच अदालतको आदेशपछि आक्रोशित बनेका रास्वपाका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीले अश्रृग्यास प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले २ सेल अश्रुग्यास हानेको हो ।












प्रतिक्रिया