१८ कार्तिक २०८३, बुधबार

सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ५ कार्तिक । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीले सिन्धुली–रामेछाप जोड्ने पुल बगाएकोमा नयाँ बेलिब्रिज हालिएको छ ।

बाढीले रामेछापतर्फ ५१ मिटर बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो । बेलिब्रिजको काम सकिएको र रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने थोरै काम बाँकी रहेको बताइएको छ ।

एक/दुई दिनमा बेलिब्रिजको भारवहन क्षमता जाँच गरेर सवारी साधन सञ्चालन गर्न दिइने सेनाको भनाइ छ ।