२० असार २०८३, शनिबार

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २० असोज । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

सहयोगले बाढीपहिरोबाट प्रभावितलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ ।

बैंकका उच्च पदाधिकारीहरुले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति प्रतिबद्धता जनाउँदै सहयोग उपलब्ध गराएको बैंकले बताएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।