
काठमाडौं, १९ असोज । जारी आइसीसी महिला टी-२० विश्वकपमा न्यूजील्याण्डले भारतलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।
न्यूजील्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १६० रन बनाएको थियो ।
अब न्यूजील्याण्डले अर्को खेल मंगलबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।















प्रतिक्रिया