काठमाडौं, १६ असार । असार १५ अर्थात किसान दिवस । किसान दिवस विशेषत धान रोपेर मनाईन्छ नेपालमा । त्यही धान रोप्ने कार्यक्रममा गएका कृषि मन्त्री हरिप्रसाद पराजुलीको हर्कतले बबाल मच्चाएको छ ।
धान रोप्न गएका कृषिमन्त्री पराजुली महिलाको अंगालोमा टाँसिएर जरबजस्ती किस गर्न खोजे तब महिलाले उनलाई गालि सम्म दिए । हिलो छ्यापाछ्याप हुँदै थियो । तर, ‘तँ ३० किलोको, म ८० किलोको, अचार बनाइहाल्छु नि’ भन्दै मन्त्रीले किसान पछारे ।
पुरुष किसानलाई मात्र होइन, मन्त्रीले महिलालाई पनि हिलो छ्यापुन्जेल रमाइलो नै हुँदै थियो । हिलो खेल्दाखेल्दै मन्त्री पराजुली आलीमा बसेका महिलातर्फ लागे । महिलाले प्रतिवाद गर्दागर्दै पनि अभद्र व्यवहार गर्न छाडेनन् । जबरजस्ती चुम्बन गर्न खोजे ।
कतिपय महिलाले धारे हात लगाउँदै मन्त्रीलाई गाली गरे । तर, उत्ताउला मन्त्री रोकिएनन् । विजयी शैलीमा खुसी मनाउँदै अन्तिममा मन्त्रीजी भन्दै थिए, ‘अँगालो त मारियो, फोटो खिचेर भोलि मिडियाले खेद्ने हो कि ।’
उनको यो हर्कत देखेर स्थानीय किसान पनि लज्जित भएका थिए । हेर्नुस फोटोहरु ।














प्रतिक्रिया