
काठमाडौं, १६ असोज । दशैंको अवसरमा टीभीएस नेपालले काठमाडौंको भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गरेको छ ।
यही असोज २० गतेसम्म चल्ने मेलामा ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन लैजाने अवसर रहेको कम्पनीले जानकारी दिएको छ ।

टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्त सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दाबी गरेको छ । मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
विशेष दशैं अफरहरूः
दशैंलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्रालाई अझ बढी फाइदा दिलाउने सोचका साथ विशेष अफरहरूको व्यवस्था पनि गरेको छ:
पूर्व-खरिद अफरहरूः दशैंका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि ५ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ । त्यसैगरी, खरिद गर्दा १० लाख रुपैयाँसम्मको छुट पाउने अवसर र साप्ताहिक क्यास ब्याक अफरअन्तर्गत हरेक साता १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ । साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ ।
त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवापनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।
आकर्षक अफरहरूः
उच्चतम मूल्याङ्कनको ग्यारेन्टीः मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।
ग्यारेन्रन्टर बिना सजिलो वित्तीय सुविधाः वित्तीय चिन्ताले पिरोलिरहनु भएको छ ? मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।
टेस्ट राइड र निश्चित उपहारः मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरुका लागि निश्चित उपहारहरूकोसमेत व्यवस्था रहने छ ।
छानिएका मोडलहरूमा शून्य प्रतिशत ईएमआई सुविधा: मेलामार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा शून्य प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउने छ ।
निःशुल्क सामग्रीः एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् । आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरेदेखि नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।









प्रतिक्रिया