३१ आश्विन २०८३, शनिबार

नेशनल लाइफ इन्स्योरेन्सद्वारा सीईओ क्लबका सदस्यहरु सम्मानित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जनाभन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले शुभारम्भ गर्नुभएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम, द्धितिय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्नुभएको थियो । उहाँले सिईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश पछि गण्डकी प्रदेशमा सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराउनुभयो । साथै, उहाँले कम्पनीले अभिकर्तामैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट २००० जना भन्दा बढी अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताउनुभयो ।

समारोहमा सिईओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।