१८ कार्तिक २०८३, बुधबार

एसएलसीमा कमजोर नतिजा ल्याउने विद्यालयलाई कारवाही !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcकाठमाडौँ, १५ असार । शिक्षा मन्त्रालयले प्रवेशिकालगायत समग्र सिकाइस्तर कमजोर भएका सामुदायिक विद्यालयलाई अनुदान रोक्कालगायत कारबाही गर्न शिक्षा विभाग र मातहतका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ ।

शिक्षा नियमावली, २०५९ बमोजिम कारबाही गरी क्षेत्रीय शिक्षा निर्देशनालयमार्फत प्रगति विवरण पेस गर्न निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले समग्र विद्यालयको नतिजा सुधारका लागि कार्ययोजना तयार गर्न र शैक्षिक उपलब्धि बढाउने उपाय सोच्न, भूकम्पको बिदा अवधिको पढाइ अन्य समयको बिदामा समायोजन गर्न र प्रवेशिका नतिजाको क्षेत्रगत तथा विस्तृत नतिजा विश्लेषण तयार गर्न पनि सम्बन्धित निकायलाई भनिएको उहाँले बताउनुभयो ।