१८ कार्तिक २०८३, बुधबार

व्यवस्थापिका-संसद्को बर्खे अधिवेशन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-1काठमाडौँ, १५ असार । व्यवस्थापिका-संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ ।

बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७२/७३ को बजेट पेस हुनेछ । व्यवस्थापिका-संसद्को अर्को बैठक यही असार १६ गते बिहान ११.३० बजे बस्ने कार्यक्रम छ ।