३१ आश्विन २०८३, शनिबार

सुनको मूल्य अहिलेसम्मकै उच्च

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।