१८ कार्तिक २०८३, बुधबार

जलवायु परिवर्तनले पानीको मुहान सुक्दै गएको नास्टको निस्कर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nast-logoप्यूठान, १५ असार । जलवायु परिर्वतनले जिल्लामा अधिकांश पानीका मुहान सुक्ने र मानव जीवनमा जटिल प्राकृतिक असर देखिन सुरु भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्टले) निस्कर्ष निकालेको छ ।

प्यूठानमा जलवायु परिवर्नतले खानेपानीको मुहान सुक्दै जाँदा पानीको हाहाकार हुने तथा पानीका मुहान नै नपाइने गरेको नास्टले जनाएको छ । पछिल्लो तीन दिनमा नास्टले जिल्लामा जलवायु परिवर्तनले पारेको असरका विषयमा अध्ययन गर्दा जिल्लामा सबैभन्दा धेरै पानीको मुहान सुक्ने समस्या देखिएको नास्टका वैज्ञानिक अधिकृत पवन न्यौपानेले बताउनुभयो ।

“जलवायु परिवर्तनको कारण पानीका मुहान सुक्ने समस्या धेरै रहेछ”, न्यौपानेले भन्नुभयो, “जिल्लामा यसका लागि अनुकूलन योजना निर्माण भएका रहेछन् । त्यसको कार्यान्वयन आवश्यक रहेको छ ।” जिल्लाका वनक्षेत्रमा विषालु च्याउ र जडीबुटी उत्पादन हुन थालेको छ । जिल्लाका वनमा केही वर्ष पहिला सामान्य रुपमा पाइने विषादियुक्त वस्तु धेरै उत्पादन हुन थालेको न्यौपानेले बताउनुभयो ।

जिल्लाका ६ गाविसमा जलवायु परिवर्तनको स्थानीय अनुकूलन योजना निर्माण भएको भन्दै नास्टका सचिव लक्ष्मीबुद्धिरत्न खड्काले त्यसको कार्यान्वयनमा समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभयो । “तरकारी तथा फलफूलजन्य वस्तुमा समेत विभिन्न प्रकारका रोगका आक्रमण देखिएको छ”, उहाँले भन्नुभयो, “नयाँ रोगको आक्रमण देखिनु जलवायु परिवर्तनको असर हो ।” उहाँले प्रविधि प्रज्ञा–प्रतिष्ठानले जलवायु परिवर्तनको कारण यस क्षेत्रमा पारेको असरका विषयमा छोटो अध्ययन गरेको भन्दै जिल्लामा यसको विस्तृत अध्ययनसँगै यस क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग नियमित छलफलको आवश्यक रहेको बताउनुभयो । रासस