११ श्रावण २०८३, सोमबार

विश्वकप लिग-२ : नेपालको लगातार तेस्रो हार

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ ।  गएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो ।

यस सिरिजमा नेपालको ब्याटिङ लगातार फ्लप हुँदै आएको छ । नेपालले आफ्ना शीर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।

यो जितपछि क्यानडा लिग-२ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अंक भएको छ ।

त्यस्तै, नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।