३० आश्विन २०८३, शुक्रबार

चारबुँदे सहमति कार्यान्वयनमा शीर्ष नेता दृढ: सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-singh

विराटनगर, २५ जेठ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले एमाओवादीसँग भएको चारबुँदे सहमति कार्यान्वयन गर्न शीर्षस्थ नेता दृढ रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दलबीच रहेको गतिरोध हटाउने विषयमा सहमतिको नजिक पुगेकाले आजदेखि सांसद सुचारु हुनेछ भन्नुभयो ।

स्थानीय विकासमन्त्री सिंहले चालु अवस्थामा रहेका विकास निर्माणका कामलाई पूर्णता दिन विधि पूरा गरेर बजेटको रकम रकमान्तर गरिएको बताउँदै सो विषयमा विवाद नगर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

उहाँले विगतको सरकारले पनि विकास निर्माणका कामलाई पूरा गर्न बजेट रकमान्तर हुने गरेको जानकारी दिँदै यसै विषयलाई मुद्दा बनाएर संसद् अवरुद्ध गर्दा जनतामा नकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले समयमै बजेट पारित गरेर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण रहने प्रस्ट पार्नुभयो ।

सरकारको ध्यान संविधान निर्माणमा केन्द्रित रहेकाले शान्ति प्रक्रियालाई पूर्णता दिएर आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न सरकार प्रतिबद्ध भएर लागेको उहाँले बताउनुभयो । उहाँले विधि पूरा गरेर सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुने स्पष्ट पार्नुभयो ।