१८ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री कोइरालाले भने-‘म छिट्टै सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रमा आउँछु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Boardकाठमाडौं, १४ असार । प्रधानमन्त्री सुशील कोइरालाले सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री उद्दार तथा राहत कोषमा सहयोग गर्न आएको महेन्द्रनगर नगर विकास समितिको टोलीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले छिट्टै समय मिलाएर सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने बताउनुभएको हो ।

महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्र विष्टले प्रधानमन्त्रीले सुदूरपश्चिमको दार्चला, कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा अवलोकन गर्ने आश्वासन दिएको बताउनुभयो ।

‘सुदूरपश्चिमको दार्चुला लगायतका बाढी प्रभावित ठाउँ हेर्नुपर्छ र सहयोग गर्नुपर्छ भनेर हामीले सम्माननीय प्रधानमन्त्री ज्यूलाई आग्रह ग¥यौं,’ उहाँले भन्नुभयो–‘अहिले व्यस्त छु, लगत्तै कार्यान्वयन गर्ने बेला भूकम्प गयो, म तुरुन्तै त्यसको बारेमा पहल गर्छु भनी प्रधानमन्त्री ज्यूले आश्वासन दिनुभएको छ ।’

प्रधानमन्त्री कोइरालाले विपत्तिको समयमा सबै नेपाली एकजुट भएर पुनर्निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । भेटमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले बाढीबाट दार्चुलाको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।