१८ कार्तिक २०८३, बुधबार

संविधानको मस्यौदा पारित, भोलि नै संविधानसभामा प्रस्तुत हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौँ, १३ असार । मुलुकको भावी संविधानले आजदेखि ठोस आकार प्राप्त गरेको छ ।

संविधान मस्यौदा समितिको आजको पूर्ण बैठकले नयाँ संविधानको मस्यौदा सर्वसम्मतिले पारित गरेपछि झन्डै ६५ वर्षदेखिको नेपाली जनताको संविधानसभाबाट संविधान प्राप्त गर्ने आकांक्षाले पूर्णता पाउने अवस्था आएको हो ।

बैठकमा समितिका सदस्यले दिएको सुझावलाई समेटेर समितिको सचिवालयले मस्यौदालाई पूर्णरुप दिई भोलि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसमक्ष प्रस्तुत गर्ने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

उक्त मस्यौदा भोलि नै संविधानसभामा प्रस्तुत हुने बताइएको छ ।