२१ असार २०८३, आइतबार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो ।

उहाँ २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गर्नुभएको थियो । २०७८ माघ १८ मा उहाँ नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो ।

त्रिचन्द्र क्याम्पसबाट भौतिकशास्त्रमा आईएस्सी र भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहावादबाट पहाडीले इन्जिनियरिङमा स्नातक गर्नुभएको छ भने थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको छ ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो ।

पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।