३१ आश्विन २०८३, शनिबार

सुनचाँदीको मूल्य घट्यो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।