३० आश्विन २०८३, शुक्रबार

खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई एमालेले सरकारबाट फिर्ता बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Purushottam-Paudel

काठमाडौं, १३ असार । नेकपा एमालेले खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई मन्त्री पदबाट फिर्ता बोलाएको छ ।

पार्टीको सिफारिस विना राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा केशव विष्टलाई नियुक्त गरेको भन्दै विवाद बढेपछि मन्त्री पौडेललाई एमालेले फिर्ता बोलाएको हो ।

खेलकुद मन्त्री पौडेल पार्टी विपरित जान खोजेकाले सरकारबाट फिर्ता बोलाइएको एमालेका एक नेताले दैनिक नेपाललाई बताए । ‘पार्टीले फिर्ता नै बोलाएको त भन्न मिल्दैन्, तर, उहाँ त्यो पदमा बस्न सक्नुहुन्न् । आफ्नो मात्रै निर्णय गराएर मन्त्रीबाट आफै हट्ने पक्षमा उहाँ पुग्नुभएको हामीलाई लागेको छ ।’ उहाँले भन्नुभयो ।

गएको विहीबार मन्त्री पौडेलले आफ्नै निर्णयमा केशव विष्टलाई राखेप सदस्य सचिवमा नियुक्त गरेका थिए । पार्टीसँग सल्लाह नै नगरी एकलौटी तरिकाले विष्टलाई नियुक्त गरेको भन्दै एमालेले भोलिपल्टै पौडेललाई स्पष्टिकरण मागेको थियो ।

विष्टलाई सदस्य सचिव बनाउँदा पार्टीभित्र विवाद बढेपछि एमालेले मन्त्री पौडेललाई नियुक्ति गर्नुको औचित्य पुष्टि गर्न, राजनीमा दिन वा पार्टीले चाल्ने कदम स्वीकार्न तयार रहन चेतावनी दिएको थियो ।