१० श्रावण २०८३, आइतबार

राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार केनेडी जुनियरको उम्मेदवारी फिर्ता, ट्रम्पलाई समर्थन

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । योसँगै रोबर्ट एफ केनेडी जुनियरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

एरिजोनामा आयोजित र्‍यालीमा उहाँले ट्रम्पसँग स्टेज पनि सेयर गर्नुभएको थियो ।

रोबर्ट एफ केनेडी जूनियर पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीका वंशजका हुनुहुन्छ । ७० वर्षीय केनेडी यसअघि डेमोक्रेटिक पार्टीका सदस्य हुनुहुन्थ्यो तर सिद्धान्तको द्वन्द्वका कारण उहाँले पार्टी छाड्ने निर्णय गर्नुभएको थियो ।

उहाँको र्‍यालीको मञ्चमा स्वागत गर्दै ट्रम्पले केनेडीलाई अभूतपूर्व र प्रतिभाशाली नेताको रूपमा पनि वर्णन गर्नुभएको थियो ।