१७ कार्तिक २०८३, मंगलबार

आँबुखैरेनी बस दुर्घटना : २० जनाको मृत्यु, २१ जनाको उद्धार (अपडेट)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ७ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र बसमा भारतीय पर्यटकहरु सवार रहेका थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १८ जनाको शव निकालिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२ जना घाइतेको उपचार टिचिङ अस्पताल काठमाडौंमा र ९ जनाको उपचार स्थानीय अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको जानकारी दिनु भएको छ ।

घाइते १२ जनालाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौं ल्याइएको छ।