१ कार्तिक २०८३, शनिबार

भारतको प्रमुख अस्पतालहरूमा हड्तालको अन्त्य, चिकित्सकहरूको विरोध प्रदर्शन जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ७ भदौ । सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सरकारी अस्पतालमा गरेको हड्ताल ११ दिनपछि बिहीबार अन्त्य गरेका छन् । तर कोलकातामा भने अझै उग्र विरोध प्रदर्शन जारी नै छ ।

यही अगस्ट ९ मा भारतको पूर्वी सहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको शव फेला परेपछि महिला विरुद्धको हिंसाको दीर्घकालीन मुद्दामा देशव्यापी आक्रोश बढेको हो ।

भारतका विभिन्न सहरमा सरकारद्वारा सञ्चालित अस्पतालका चिकित्सक संघहरूले अस्पतालको आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्दै स्वास्थ्यकर्मीहरूले हड्ताल सुरु गरेका थिए ।

महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मात्र नभई उनीहरूलाई सुरक्षित काम गर्ने अवस्था प्रदान गर्न असफल भएकोमा पनि आक्रोश व्यक्त दशौँ हजार सर्वसाधारण विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

एक अर्ब ४० करोड जनसंख्या भएको भारतमा सन् २०२२ मा दैनिक औसत ९० वटा बलात्कारका घटना दर्ता भएका थिए ।

बलात्कारपछि हत्या गरिएकी चिकित्सकलाई शिक्षण अस्पतालको सेमिनार हलमा फेला पारिएको थियो । शव परीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन् ।

प्रदर्शनकारीहरूले पीडित चिकित्सकलाई ‘अभय’ उपनाम दिएका छन् । यसको अर्थ ‘निडर’ हो । एएफपी