३१ आश्विन २०८३, शनिबार

सामसङको ग्यालेक्सी ए र ट्याब एस९ एफईमा ‘सर्कल टु सर्च’ सुविधा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । सामसङ नेपालले आफ्नो ग्यालेक्सी इकोसिस्टममा थप डिभाइसहरूमा एआई सञ्चालित ‘सर्कल टु सर्च’ सुविधा विस्तार गरेको घोषणा गरेको छ । यो सुविधा अब ग्यालेक्सी ए सिरिजका स्मार्टफोनहरू र ग्यालेक्सी ट्याब एस९ एफईमा उपलब्ध हुनेभएको छ ।

‘सर्कल टु सर्च’ एक नवीन खोज प्रविधि हो जसले प्रयोगकर्ताहरूलाई स्क्रिनमा कुनै पनि वस्तुलाई सर्कल, हाइलाइट वा ट्याप गरेर तुरुन्तै खोज गर्न अनुमति दिन्छ । यो सुविधा गुगलसँगको सहकार्यमा विकसित गरिएको कम्पनीले जनाएको छ ।

‘यी अपडेट्सहरूले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका लागि नयाँ सम्भावनाहरू खोल्दछ र अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई सुदृढ पादर्छ ।’ सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका अध्यक्ष र प्रमुख टीएम रोहले भन्नुभयो, ‘हामी धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट-इन-क्लास एआई प्रविधि ल्याउन समर्पित छौँ, प्रयोगकर्ताहरूलाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्नका लागि उनीहरूका उपकरणहरूसँग थप व्यक्तिगत अन्तरक्रियाको आनन्द लिन सक्ने विकल्पको साथ सशक्त बनाउँदै छौँ ।’

सामसङले यो कदमलाई आफ्नो व्यापक उपभोक्ता आधारलाई उन्नत मोबाइल प्रविधि उपलब्ध गराउने प्रतिबद्धताको रूपमा हेरेको छ । कम्पनीले भविष्यमा थप ग्यालेक्सी डिभाइसहरूमा यो सुविधा विस्तार गर्ने योजना बनाएको छ ।