१७ कार्तिक २०८३, मंगलबार

राजनीतिक बदलाव र चुनौतीमा युवाहरूबीचमा पर्याप्त छलफल हुन सकेन : शंकर पोखरेल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा आएका बदलाव र चुनौतीका बारेमा युवाहरूकोबीचमा पर्याप्त छलफल हुन नसकेको बताउनुभएको छ ।

नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित विस्तारित भेलालाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखखरेलले त्यसको परिणाम सामाजिक सञ्जालमा दूषित विचार आउने गरेको बताउनुभएको हो ।

आज नेपाल बङ्गलादेश बन्छ भन्नेहरूलाई बङ्गलादेश जुन बाटोमा गइरहेको छ त्यो सही बाटो हो वा होइन भन्ने कुरा सोच्न पोखरेलले आग्रह गर्नुभयो । सूचना र प्रविधिलाई सही ढङ्गले प्रयोग गर्दा आममानिसमा सकारात्मक प्रभाव पार्न सकिने उहाँले बताउनुभयो । यसको सही प्रयोग नहुँदा नकारात्मक विचार समाजमा प्रवाह हुँदै उहाँको धारणा छ ।

यतिबेला मुलुकलाई कुन दिशामा लैजाने भन्ने गम्भीर बहस चलिरहेको बताउनुहुँदै राजनीतिक परिवर्तनको लागि संघर्ष गरेर आएका पुराना राजनीतिक दलको समय सकियो भन्ने खालको भाष्य अहिले निर्माण गर्न खोजिएको उहाँले बताउनुभयो ।